August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा वृक्षारोपण

विराटनगर । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको हाता भित्र वृक्षारोपण गरेका छन् । प्रदेश स्तरिय अपराध अनुसन्धान सुरक्षा गोष्टीको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय पुगेका संगठन प्रमुख प्र.म.नि. सिंहले आज कार्यालयको हाताभित्र आयोजित एक कार्यक्रमकाबीच वृक्षारोपण गरेका हुन् ।

वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङ, १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जय राज सापकोटा समेतले वृक्षारोपण गरेका थिए ।

वृक्षारोपण कार्यक्रम अगावै संगठन प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई प्रदेश प्रहरी तालिम केन्द्रको एक टुकडीले सलामी अर्पण गरेको थियो भने प्र.म.नि. सिंहले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

Advertisement

यसैक्रममा संग्ठन प्रमुख प्र.म.नि. सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन अवलोकन निरीक्षण समेत गरेका थिए ।