September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

विराटनगर । प्रदेश १ मा एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त नगरेपछि एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार पनि ढलेको हो।

प्रदेश सभाको तेस्रो अधिवेशनमा अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने मुख्यमन्त्री कार्कीको प्रयास विफल बन्यो ।

मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६  मत र विपक्षमा ४३ मत परेको थियो। तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित थिइन्।

Advertisement

९३ सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ४७ मत आवश्यक पर्छ। सरकारको नेतृत्वकर्ता एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ मात्रै पुगेको हो। आजको प्रदेश सभा बैठकमा ८९ जना सांसद उपस्थित थिए।