August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

कोशीमा एमालेका हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका छन्।

बिहीबार नेकपा एमालेका प्रदेश सांसदहरूसहित पुगेका कार्कीले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन्। 

प्रदेश प्रमुखसमक्ष कार्कीले बुझाएको हस्ताक्षर एमाले, माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर गरेका छन्।

Advertisement

दाबी पेस लगत्तै कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ। 

दाबी पेश भएपछि प्रदेश प्रमुखले एमाले र माओवादी सांसदहरुलाई सनाखत गराउने कार्यक्रम छ। लगत्तै नियुक्ति तथा शपथ हुने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

कोशीमा एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसद छन्।