November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

१० जना जुवाडे पक्राउ

कञ्चनपुर । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । भिमदत्त नगरपलिका–४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement