नेकपा एकीकृत समाजवादीका काभ्रे क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार लक्ष्मण लम्साल नेकपा एमालेसँग विद्रोह गरेर निर्माण भएको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सचिव छन् । बाग्मती प्रदेश सभाको सांसद भइसकेका लम्साल गठबन्धनको तर्फबाट साझा उम्मेद्वार भएका छन् ।
नेता लम्सालको जन्म २०३६ सालमा काभ्रेको मण्डन देउपुर नगरपालिकाकामा भएको थियो । उनी सानैदेखि निडर, जुझारु, इमानदार र कर्तव्यनिष्ठ स्वाभावका व्यक्ति थिए । विद्यालय पढ्दा देखि नै राजनीतिमा सक्रिय रहँदै आएका नेता लम्सालले विद्यार्थी राजनीतिबाट आफूलाई माथि उठाउन सफल भएका हुन् ।
उनले मण्डनको डेडिथुम्का माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्दापढ्दै अनेरास्ववियुको सदस्यता लिएका थिए । त्यसपछि मावली गाउँ रामेछापको सतलिङगेश्वर विद्यालयबाट माध्यमिक तहको शिक्षा पुरा गरेका हुन् ।
लम्साल २०५३ सालमा उच्च शिक्षाको सिलसिलामा राजधानी काठमाडौं प्रवेश गरेका हुन् र बानेश्वर क्याम्पसबाट अनेरास्ववियुको सह–सचिव हुँदै सोही क्याम्पसबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भए । त्यसपछि उनको राजनीतिक यात्रा अगाडि बढ्न थाल्यो । लम्सालले विद्यार्थी संगठनको विभिन्न तहमा रहेर काम गरि अवसरको सदुपयोग पनि गरे ।
नेता लक्ष्मण लम्साल २०७९ साल मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा अन्तर्गत क्षेत्र नं २ (क) को बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार छन् ।
उनले २०७४ सालको आमनिर्वाचनमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवार भएर जित हासिल गरेका थिए ।
बाग्मती प्रदेश सभाको सांसद भइसकेपछि युवा नेता लम्साल आफ्नो निर्वाचन क्षेत्रमा जनताका माझ सुपरिचित छन् । उनी विकासप्रेमि, न्यायको पक्षमा वकालत गर्ने, स्पष्ट वक्ता र जन जनको ढुकढुकी बन्न सफल भएका छन् ।
लम्साल अहिले नेकपा एमालेसँग विद्रोह गरेर निर्माण भएको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सचिव छन् ।
उनले बागमती प्रदेशको सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा धेरै विकास निर्माणका कामहरु गरेका छन् साथै थुप्रै विकासका योजनाहरु भित्राएका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण, कृषि प्रवर्द्धन, विद्यालयका भवन निर्माण र सुधार ,पुलपुलेसा, कुलो र नहरका लागि थुप्रै योजनाहरु पारेका छन् । कतिपय योजनाहरु पूरा भइसकेका छन् भने कतिपय पुरा हुन बाँकी छन् ।
यस्ता छन् उनले पाँच वर्षको अवधिमा गरेका विकास निर्माणका पूर्वाधार कार्यहरुः
१. पिच हुँदै गरेका सडकहरु बनेपा देविटार, तामाघाट बोहोरेदोभान, पलान्चोक (कोशिदेखा, मण्डन कुन्ताबेषि नयाँ गाँउ, दोलालघाट सिलामे हुँदै सापिङ, भुम्लुटार सल्ले हुँदै चौवाससम्म रहेको छ । अन्य थुप्रै योजनाहरु पुरा भइसकेका छन् भने कतिपय पुरा हुने अवस्थामा पुगेको छ ।
२. उनको निर्वाचन क्षेत्रमा प्रदेश सरकारको सहयोगमा मण्डन भ्याली बृहत खानेपानी आयोजना, पाँचखाल भ्याली बृहत खानेपानी आयोजना, भबलकोट लिफ्ट खानेपानी आयोजना, भुम्लुमा भिमसेन थान, कोलाँती खानेपानी आयोजना संचालनमा आइसकेका छन् भने कुनै निर्माणधिन अवस्थामा रहेका छन् । यसै आर्थिकमा बृहत भुम्लु खानेपानी, कोलाचौर इन्द्रावती लिफ्ट खानेपानी आयोजनाको ठेक्का बोलपत्र आव्हान गरिएको छ ।
३. नेता लम्सालको पहलमा मण्डन देउपुर नगरपालिकामा ५ बेडको अस्पताल संचालनमा आइसकेको छ । पाँचखालमा सिंचाईको लागि राजकुलो र ब्रम्हायणी कुलो निर्माणको लागि बजेट बिनियोजन गरिएको छ ।
४. काभ्रेको कुनैपनि विद्यालयमा इन्टरनेट थिएन । नेता लम्सालको पहलमा प्रदेश सरकारको सहयोगमा इन्टरनेट सेवा सुरु गरिएको छ । दिनप्रतिदिन विद्यालयहरुमा डिजिटल प्रविधि वाट पढाई हुने अवस्था सिर्जना भएको छ ।
५. संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न मठ मन्दिरहरु निर्माण गरिएको छ भने पर्यटकीय स्थल दोलालघाटमा भ्युटावर र सुन्दर पार्क निर्माण कार्य सम्पन्न भएको छ । उनले कृषिलाई प्राथमिकता दिने गरेको पाइन्छ । कृषिमा आत्मनिर्भर हुन सकेमात्र आफ्नो क्षेत्रका युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ भन्ने मान्यताका साथ कृषिमा प्रसस्तै योजनाहरु पारेका छन् ।