November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

यस्तो छ आइतबारको मौसम

काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान  गरेकाे छ । मुलुका अधिकांश क्षेत्रमा सामान्यतया माैसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने भएको हो । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement