November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

टी–२० महिला विश्वकप छनोटको तयारी गर्न नेपाली टिम बंगलादेश प्रस्थान

२०७८ कार्तिक १८

काठमाडौं । आइसिसी वुमन्स टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी नेपालले बंगलादेशमा गर्ने भएको छ । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली महिला टिम आज बिहीबार बंगलादेश प्रस्थान गरेको छ ।

एक साता बंगलादेशमा तयारी गर्दा नेपालले चार अभ्यास खेल खेल्नेछन् भने नेपाली टिम आगामी ११ नोभेम्बरसम्म बंगलादेशमा रहनेछ ।

नेपालले आगामी १९ देखि २९ सम्म युएईमा छनोट खेल खेल्नेछ । यसअघि क्यानले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो ।

Advertisement

टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ ।

वुमन्स टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिष्पर्धा गर्नेछ ।