November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

एसियन कप छनौट प्रतियोगितामा टिमोर लिस्टेबिरुद्द नेपालको शानदार प्रदर्शन

– शारदा भुजेल

दोहा । एसियन कप छनोटको अघि आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा शनिबार मे २८ मा नेपाल र टिमोर लिस्टेबीच भएको खेलमा नेपालले शानदार प्रदर्शन गरेको हो। नेपाल र टिमोर लिस्टेको पहिलो खेल २-२ गोलको बराबरीमा सकिएको छ।

पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुवै गोल फर्कायो ।खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमोर लिस्टेले अग्रता लिएको थियो।अर्को गोल ४५ं१ औं मिनेटमा गोल गरेको थियो।

Advertisement


दोस्रो हाफको ५१ औं मिनेटमा नेपालका दर्शन गुरुङले टोलीलाई पहिलो सफलता दिलाए भने नेपालका लागि खेलको ७२ औं मिनेटमा नेपालले दोस्रो गोल गरेको थियो। त्यस्तै जुन ३ मा नेपालले ओमानसँग दोस्रो खेल खेल्ने छ ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।