काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ४ हजार १२७ नमुना परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३३ र पुरुष ४५ जना रहेका छन् । आज थपिएका ७८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ५४३ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७७ रहेको छ ।
त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५८ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९७४ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ७० हजार ११२ नमुना परीक्षण गरिएको छ ।