November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

आफुलाई अवाञ्छित आरोप लगाएको राईको दाबी

लण्डन – बेलायतको लण्डनस्थित साउथह्यारो काउन्सिलमा अवकाश प्राप्त नेपाली भाषा र साहित्यमा संलग्न रहेका नरेशमणि राई (काङमाङ नरेश राई)ले आफुलाई अवाञ्छित आरोप लगाएको बताएका छन् ।

मंगलबार विज्ञप्ती जारी गर्दै राईले तारा राई ‘अनमोल’ द्धारा लिखित ‘छापामार युवतीको डायरी’ लाई अङ्ग्रेजी संस्करणमा ‘गुरिल्ला गर्ल’को नामबाट बेलायतको प्रकाशन गृह ‘कन्राड प्रेस’ मार्फत सन् २०१७ मा प्रकाशन गरेको र लेखक ‘अनमोल’बाट सन् ११ अप्रिल २०१४ मा लिखित सम्झौता गरी सर्वाधिकार लिइएको जनाएका छन् ।

प्रकाशन गृह नेपालमा नभएकाले लेखकमा हुनुपर्ने सर्वाधिकार हेपेन्द्र राई (अप्जसे कान्छा)लाई दिईको र हालसम्म ‘गुरिल्ला गर्ल’को बिक्रीबाट दुई पटक गरी आएको रोयल्टी अक्षरेपि ६ हजार दुई सय नौ रुपैयाँ चालीस पैसा हिसाब आएको तर लेखक तारा राईले बजारको हल्लालाई विश्वास गरी सम्पादक सदस्य समेत रहेका राई उपर अवाञ्छित आरोप लगाएको राईको भनाई छ ।

Advertisement

लेखक तारा राईसँग सम्पर्क गर्दा पनि लेखक राईले सौहार्दपूर्ण वातावरणमा छलफल गर्न नमानी काङमाङ नरेश राईलाई अपशब्द प्रयोग गरेको पाईएको छ ।

आगामी दिनमा लेखक राईबाट मिडिया जगतमा पार्न सकिने भ्रमप्रति पहिल्यै सचेत रहन पत्रकार मित्रहरुलाई काङमाङ नरेश राईले आग्रह समेत गरेका छन् ।