काठमाडौं– काठमाडौं जिल्ला अदालतले गोङ्गबु हत्या घटनाकी अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले गत साउन २५ गते टोखा नगरपालिका–१० स्वर्गद्वारी गोंगबुमा दाङका कृष्णबहादुर बोहराको क्रुर हत्याको अभियोगमा ३७ वर्षीय मुडभरीलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको हाे।
तर, उनकी छोरीले भने सफाइ पाएकी छिन्। छोरीको संलग्नता पुष्टि हुन नसकेको अदालतकाे भनाइ छ।

