November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

अमेरिकी राजदूतद्धारा महाशिवरात्रीको शुभकामना व्यक्त

२०७७ फाल्गुन २७

काठमाडौँ – नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डि बेरीले महाशिवरात्रीको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा १३ वर्षअघिको एक तस्वीर शेयर गर्दै शिवरात्रीको शुभकामना दिएका हुन् । उनले नेपालमा ६ वटा शिवरात्रीको अनुभव गर्ने अवसर पाएको बताएका छन् ।

‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्,’ उनले भनेका छन् ।

Advertisement

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो ।

परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास छ ।