November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

महाशिवरात्रि: साढे दुई लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गरे

२०७७ फाल्गुन २७

काठमाडौं – महाशिवरात्रिमा साढे दुई लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गरेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन्।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन्। पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने व्यवस्था मिलाइएको थियो।

Advertisement

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ। बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ। आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ।