November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

बाघ आतंकले बाहिर निस्कँदैनन् गाउँले

२०७७ फाल्गुन २९

बर्दिया–बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतंकले स्थानीय  त्रसित बनेका छन्।  विभिन्न समयमा जगली जनावरको आक्रमणमा पर्दै आएका स्थानीय पछिल्लो समय बाघ आतंकले सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्।

गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतंक मच्चाएको स्थानीय बताउँछन्। बिहीबार मात्र तीन घरुवामा एक जनाको गोठमा बाख्रा खायो र भैँसीको कान चिथोरेको स्थानीयको भनाइ छ।

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए। स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन्।

Advertisement

बाघ आतंक बढेसँगै स्थानीय महिला समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। ज्यानको सुरक्षा गर भन्दै स्थानीय महिला गाउँपालिकाको कार्यालयमा घेराउ गर्न गएको स्थानीय भरतबहादुर स्वाँरले बताए।

कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि एक महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडायतले बताए। गाउँपालिकाले १८ देखि २० किलोमिटर तारबार गर्न लागेको अध्यक्ष कडायतले जानकारी दिए।