November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

गोल्छाद्धारा विद्यार्थीलाई इलेक्ट्रिकल भेइकल बनाउन सहयोग

काठमाडौं–थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन्। आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि इभी बनाउन लागेका विद्यार्थीलाई गोल्छा ग्रुपले सहयोग गरेको छ।

ग्रुपले सिएसआरअन्तर्गत इलेक्ट्रिकल भेइकल बनाउने विद्यार्थीहरुलाई सहयोग गरेको हो।सधै नयाँ काम र नयाँ खोजको कदर गर्दै आएको ग्रुपले आगामी दिनम पनि थप सहयोग गर्ने बताएको छ। 

अहिले विद्यार्थीहरुले गाडीको चेसिस मात्र बनाएका छन्। कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी रहेको बताइएको छ ।

Advertisement

विद्यार्थीले सिरेटो टिम बनाएर गाडी निर्माणको काम गर्दै छन् ।