November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

काठमाडौं : नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन्। 

बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो। यसअघिका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो।

सरकारलेप्रतिस्पर्धीमध्येबाट फूलमानलाई नियुक्त गरेको हो।

Advertisement

काभ्रेपलाञ्चोकका उनी पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन्।