November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सर्लाहीको मलंगवामा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला

सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–९ टावर चोकस्थित पचगछिया चौरीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मलंगवा नगरपालिका–१० निवासी तथा मलंगवा नगरपालिकाका पूर्व कर्मचारीसमेत रहेका नागेन्द्र रायका छोरा २६ वर्र्षीय सुशील रायको विहीबार (आज) बिहान पचगछिया चौरी नजिकैको खेतमा शरीरबाट टाउको छिनालिएको अवस्थामा शव फेला परेको हो ।

शरीर भन्दा करिब ६१ मिटर पूर्वपट्टि रायको टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

Advertisement

रातभर सम्पर्कविहीन भएका रायको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुशीलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । हत्यामा संलग्नहरुको पहिचान गर्न अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।