September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

भिजिविलिटी कम हुँदा विमानस्थल पूर्ण रुपमा ठप्प

काठमाडौं– वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानै देखि प्रभावित बनेको छ।

प्रदुषणका कारण बाक्लो तुवालो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल प्रभावित भएको हो।

विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै छ।

Advertisement

आइतबार बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जानकारी दिएको छ। 

शुक्रबार दिउँसो उपत्यकामा एक्कासी धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो।