September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने

काठमाडौं- अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयात तथा बिक्री सबन्धी कार्यविधि २०६८ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको हो।

यसअघि दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने कानुनी व्यवस्था थियो। व्यवसायीहरूले दैनिक माग बढिरहेको र माग अनुसार आपूर्ति हुन नसकेको भन्दै आयातको कोटा बढाउन माग गर्दै आएका थिए।

Advertisement