September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

रुरु जलविद्युत् परियोजनाको आइपीओ बाँडफाँट

काठमाडौं– रुरु जलविद्युत् परियोजनाको आइपीओ शुक्रबार बाँडफाँट भएको छ।

सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो।

आइपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका थिए।

Advertisement

आवेदन दिएका मध्ये ७८ हजारको आवेदन रद्द भएको थियो ।

आवेदन दिने १५ लाख ९० हजार ८ सय ९६ जनाको मात्रै आवेदनमध्ये ३७ हजार ९ सय १६ आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्।

कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले आइपीओ निष्कासन गरेको थियो ।