एजेन्सी । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राति भएको बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको छ।
मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ। एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधान ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले जनाएका छन्।
अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृहनिर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन्। यस्ता घातक हतियारले सर्वसाधारणलाई पनि बारम्बार हानि पुन्याउँदै आएको छ।
अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ५ हजार ५४० भन्दा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ।
सन् २०२० मा भएका अर्को छुट्टै घटनामा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ।