November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितद्वारा आत्महत्या

काठमाडौं- कोहलपुर ९ का ६० वर्षीय काेराेना संक्रमित पुरुषले आफ्नै घरमा आत्महत्या गरेका छन्। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार संक्रमित पुरुषले शनिबार साँझ घरमै आत्महत्या गरेका हुन्।

डिसिसिएमसी बाँकेमा फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा वैशाख  ३ गते गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था सामान्य  रहेकाले उनी होम आइसोलसनमा बसेका बसेका थिए। 

Advertisement