November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

सबै तहको परीक्षाहरु स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं– दोस्रो लहरको काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्ने भएको छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको छ । 

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

त्यस्तै, मुख्य सहरमा पाँच सय र ग्रामिण इलाकामा दुई सय सक्रिय संक्रमित नाघेपछि निषेधाज्ञा गर्ने अधिकार सीडीओलाई दिनुपर्ने भनेर समेत सीसीएमसीले सिफारिस गरेको छ । 

Advertisement