November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

मन्त्री महतोलाई कोरोना भाइरस संक्रमण

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोलाई कोरोना भाइरस संक्रमण भएको छ । मन्त्री महतोले ट्विटरमार्फत् कोरोना भएको उल्लेख गरेकी छन् ।

“मेरो पनि कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखाएको छ । चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ । छिट्टै नै पूर्ण स्वास्थ्य भएर आफ्नो नियमित कार्यमा फर्कनेछु, मन्त्री महतोले भनिन्,“दश औला जोडेर सबैलाई विनम्र आग्रह छ : सजग बनौं ।”

महतोसँगै संघीय सरकारका चार जना मन्त्रीलाई कोरोना भएको छ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालाई यस अघि नै कोरोना भएर आराम गरिरहेका छन् ।

Advertisement