November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

नोबेलमा तीन संक्रमितको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालमा उपचारत दुई पुरुष र एक महिलाको आइतबार विहान मृत्यु भएको हो ।

नोबेलमा आज विहान २ः३० बजे धरानका ६६ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही दिन ३ः३० बजे विराटनगर १ त्रिवेणी चौक घर भएका ७६ वर्षिय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

आज नै सिराहको कल्याणपुर ४ की ३८ वर्षिय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबलेमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।

Advertisement