November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

लोक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

काठमाडौं- लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन्। संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो।

उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। फागुन २३ गते नेकपा नाम विवादमा रेग्मीसहितको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएको थियो।

पूर्वसचिव रेग्मीको नाम कांग्रेस सभापति शेरबहादुर देउवाको कोटामा सिफारिस भएको बताइएको छ। झापा स्थायी घर भएका रेग्मी स्थानीय विकास मन्त्रालयका पूर्वसचिव हुन्। उनले शिक्षा मन्त्रालय र लोक सेवा आयोगमा समेत काम गरेका थिए। 

Advertisement

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

अध्यक्ष उमेश मैनालीसहित सबै सदस्यहरूले अवकाश पाएपछि लोक सेवा आयोग रिक्त रहेको थियो। आयोग रिक्त रहँदा विज्ञापनलगायत अन्य कार्य रोकिएको थियो।