खाँदवारी – संखुवासभाको सिलिचोङ गाउँपालिकामा रगत नपाउँदा एक सुत्केरीको ज्यान गएको छ । अत्याधिक रक्तश्राव भएकी सिलिचोङ –३ की सिर्जना कुलुङ राईको उपचारका लागि सदरमुकाम खाँदबारी ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।
अत्याधिक रक्तश्राव भएकी सिर्जनाको थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजाने क्रममा सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए । सुत्केरी र्सिजनाको जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी नगरपालिका –१० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताए । सोमबार सुत्केरी बेथा लागेपछि सिर्जनालाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएको केही घण्टामै सिर्जनाले बच्चा जन्माएकी थिइन् ।
तर बच्चा जन्मिएको केही समय पछि सिर्जनाको रक्तश्राव हुन थाल्यो । ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्याधिक रक्तश्राव भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफिर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर भारती पण्डितले जानकारी दिए ।
बच्चा जन्मिए वित्तिकै देखिअत्याधिक रक्तश्राव भएको र साल अड्किए पछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर पण्डितले बताए । रक्तश्राव भएकी सिर्जनालाई तत्काल रगत चाहिने भएपनि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमै उनको ज्यान गएको र्सिजनाका श्रीमान बलिराम कुलुङले बताउनु भयो । ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा रगत दिन सक्ने अवस्था नभएपछि जिल्ला अस्पताल रेफर गरेको थियो ।
सदरमुकाम सँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी बारपार गर्न सक्दैनन् । सुत्केरी र्सिजनालाई सिलिचोङ गाउँपालिका बाट अक्सिजन सहितको एम्बुलेन्स ल्याएको थियो । तर यता खाँदबारी नगरपालिका १० हेलुवा आइपुगेपछि एम्बुलेन्स नभेटिए पछि यात्रु बोक्न अक्सिजन बिनाको गाडीमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको श्रीमान बलिराम कुलुङले बताए ।
कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमति सिर्जनाको बाटैमा गुमाउनु परेको श्रीमान बलिरामको दुखेसो रहेको छ ।