August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

जंगली च्याउ खाएर बिरामी भएकी बालिकाको मृत्यु

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपलिका– ५ याफुमा जंगली च्याउ खाएर बिरामी भएकी एक बालिकाको मृत्यु भएको छ।

गत शुक्रबार जंगलबाट ल्याएको जंगली च्याउ खाँदा बिरामी परेकी ११ वर्षीया रोजिना राईको उपचारको क्रममा मृत्यु भएको आफन्त धीरज राईले जानकारी दिए।

उनको सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको आफन्त धीरजले बताए। गत शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ– ५ का एकै घरका ९ जना गम्भीर बिरामी भएका थिए।

Advertisement

च्याउ खाने सबैको किड्नी र कलेजोमा गम्भीर समस्या देखिएपछि सात जनाको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ।