November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

देशभर ६५ हजार ५ सय किलोमिटर सडक बने

काठमाडौं– सरकारले २०७७ को फागुन मसान्तसम्ममा देशभर ६५ हजार ५ सय ७७ किलोमिटर सडम निर्माण गरेको जानकारी दिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेललले शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यस्तो विवरण सार्वजनिक गरेको हुन्।

२०७७ फागुन मसान्तसम्ममा मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे १५ हजार ९ सय ७४ किलोमिटर, खण्डाश्मित ८ हजार ५ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर गरी ३३ हजार ५ सय २८ किलोमिटर निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Advertisement