काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७.५० अंकले घटेर २८२८.०० विन्दुमा कायम भएको छ ।
नेप्सेमा आज कारोबारसमेत घटेको छ । आज कूल छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २२३ वटा कम्पनीका एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८० पटक खरिद-बिक्री भएका थिए ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.८८ अंकले बढेर ५२३.६९ विन्दुमा कायम भएको छ ।