November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त

काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार १७ जना मुक्त भएका छन्। 

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका हुन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्। 

मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत रहेको छ। 

Advertisement

पछिल्लो २४ घन्टामा १० हजार ९ सय ८५ जनामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सो अवधिमा संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ।