November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

फोटो पत्रकार राईमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

काठमाडौं– फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव) ले माग गरेको छ।

विपक्षी गठबन्धनका विद्यार्थीले शनिबार गरेको प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका राईलाई पत्रकार भएको प्रमाण देखाउँदा देखाउँदै पनि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको पिजे क्लवले उल्लेख गरेको छ।

लाठी प्रहारबाट नेपाल लाइभ अनलाइनमा कार्यरत पत्रकार राई घाइते छन्। उनको घुँडामा चोट लागेको पिजे क्लबका प्रवक्ता दिपेश श्रेष्ठद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ।

Advertisement

‘फोटो पत्रकारलाई पटकपटक नियोजित रूपमै नेपाल प्रहरीबाट आक्रमण हुने गरेकोप्रति पिजे क्लवको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

राईमाथि आक्रमण गर्ने प्रहरीमाथि कारवाही गर्न पनि माग गरिएको छ।