November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

वायुसेवा निगमको कार्यालयमा तनाव, आन्दोलनरत कर्मचारीको नाराबाजी

काठमाडौं –  कर्मचारीको आन्दोलनका कारण नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय सुन्धारा तनावग्रस्त बनेको छ । गएको मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि कार्यालय तनावग्रस्त बनेको हो ।

यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले जानकारी दिए । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने डाँगीले बताएका छन् ।

राष्ट्रिय ध्वजाबाहक जस्तो इतिहास बोकेको राष्ट्रिय वायुसेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै कर्मचारीहरु आन्दोलित छन् ।

Advertisement

गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सो क्रममा गत बुधबार निगमको कार्यालयमा तालाबन्दी क्रममा प्रहरी र कर्मचारीबीच तनाबको स्थिति आएको थियो ।