November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चितवनको भरतपुरस्थित सडक छेउमा शव फेला

चितवन – चितवनको भरतपुरस्थित सिमलडाँडामा एक पुरुष मृत फेला परेका छन् । बस्तीबाट करिब ३ सय मिटर पर आज बिहान ७ बजेतिर ३० वर्ष जतिका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

पैदल यात्रुले कालोपत्रे सडक छेउको घोलमा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अनुसन्धान टोली पठाएर अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शवको पहिचान भइसकेको छैन । अनुसन्धानरत प्रहरीका अनुासर ती पुरुषको टाउकोमा गोली लागेको जस्तो देखिएको छ भने घटनास्थलमा एक थान गोलीको खोका भेटिएको छ ।

Advertisement