काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले नियुक्ति पत्र बुझ्नुभएकाे छ । प्रधानसेनापति शर्मालाई रक्षा सचिव बेगेन्द्रराज शर्मा पाैड्यालले नियुक्ति पत्र प्रदान गर्नुभएकाे हाे ।
आज बुधवार मन्त्रालयमा आयाेजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्मालाई रक्षा सचिव पाैड्यालले नियुक्ति पत्र प्रदान गर्नुभएकाे हाे । मन्त्रिपरिषद्को सिफारिशमा गएकाे साउन २६ गते कायममुकायम प्रधानसेनापति बन्नुभएका शर्माले आज प्रधानसेनापतिकाे नियुक्ति पत्र बुझ्नुभएकाे हाे ।
नेपाली सेनाका पिएसओज रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा रक्षा सचिवले प्रधानसेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।