काठमाडौँ – विश्वव्यापी महामारी कोभिड-१९ पछि कुवेतले दिने सबै प्रकारमा भिसा बन्द गरेको लामो समयपछि कुवेतले आगामी अक्टोबरदेखि सबै प्रकारका भिसा खुला गर्ने तयारी गरेको छ ।
लामो समयपछि भिजिट भिसा खुला गर्ने तयारी गरेको कुवेतले सबै प्रकारका भिसा खुला गर्न लागेको हो । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ ।
स्थानीय अरबी दैनिक पत्रिका अल राईका अनुसार विभिन्न देशसँग सिधा हवाई उडान शुरु गरेको कुवेतले आगामी अक्टोबर शुरुदेखि भिजिट भिसा खुला गर्ने बताइसकेको छ ।
कुवेत सरकारले कोराना भाइरस संक्रमण दर घटेको र खोप पनि पर्याप्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागेको उक्त पत्रिकाले उल्लेख गरेको छ । कुवेतमा निर्माण कामदार , ईन्जिनियर, प्राविधिक, र शिक्षकहरुको माग अत्यधिक बढेको बताइएको छ । कुवेतमा अवैध रुपमा काम गर्दै आएका आप्रवासीहरुलाई पनि कोभिड विरुद्धको खोप उपलब्ध गरिसकेको छ ।