November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

आरोपित पक्राउ गर्न जाँदा स्थानीयले गरे ढुंगामुढा, निरीक्षकसहित पाँच प्रहरी घाइते

काठमाडौ । छिमेकीले रड प्रहार गर्दा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको मृत्यु भएको छ ।

लामाको छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी प्रहरीका अनुसार पुरानो रिसिइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुंगामुढा गर्दा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयबासी घाइते भएका छन् । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहहरीले जानकारी दिए ।

Advertisement

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको प्रहरीले बताए । आरोपित आरोपित मल्ललाई पक्राउ गरी राती नै भरतपुर ल्याइएको छ ।

प्रहरीका अनुसार मृतक लामाको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।