काठमाडौ । गए राति बँदेल मार्न थापेको विद्युतीय पासोमा पर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पासोमा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती १० बजेतिर एक जनालाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।