November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

किशोरीलाई बिवाह गर्छु भन्दै जबरजस्ती करणी र कुटपिट गर्ने पक्राउ

भक्तपुर । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका–४ बस्ने २५ वर्षीय मिठाराम धिमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

धिमालले गत साउन १५ गते बिहान भक्तपुर मध्यपुर ठिमीस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नागरपालिका–१ कुसुम्बा बस्ने २४ वर्षीय सुरेश मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मगरले गत साउन २४ गतेदेखि असोज ६ गतेसम्म ती किशोरीलाई बिवाह गर्छु भन्दै ललाई फकाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरी कुटपिट तथा धाकधम्की समेत दिने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा पनि किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्शुराम नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी रहेका छन् ।

ती किशोरीलाई दुई जना अपरिचित केटाहरूले असोज ५ गते बलत्कार गरी भागेको भन्ने खबर प्राप्त गरेपछि ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।