August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

कविता

‘बा’

सपनाको थानहरू सँग
कोल्टे फेर्दैै बित्छ
हरेक रात मेरो
निरर्थक प्रयासका चाङहरू थुपार्दा थुपार्दै
बित्छ मेरा बा का हर दिनहरू

बिहान पख
आँखा उघ्रने बित्तिकै
अनेकौँ रहर बोकेर ‘बा’
पाइलाहरू अगाडि सार्छन्
कम्बरमा पटुकाको फेरो कसेर
भविष्य रोप्न गैरीखेत !

Advertisement

कपाल झरेर खुइलिएको मेरो ‘बा’ को तालुमा
जिम्मेवारीको चर्को घामले
उदाएदेखि अस्ताउदासम्म
ठुँगी रहन्छ !

‘बा’
मेरो खुशीको पहाडमा उभिएर
संसार जितेको आँट गर्छन्
अनि बाँड्छन् ‘म’ सँग
पैँचो मागेका अनेक खुशीहरू

मदन गुरुङ, ताप्लेजुङ