November 15, 2026, Sunday
२०८३ कार्तिक २९
1:37:26 pm

अपहरण तथा शरिरबन्धक कसुरका अभियुक्तहरू पक्राउ

काठमाडौ । अपहरण तथा शरिरबन्धक कसुरका अभियुक्तहरू पक्राउ परेका छन् । जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको अभियोगमा भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. ६ का ३७ वर्षीय धिरोज श्रेष्ठ र भक्तपुर, चाँगुनारायण न.पा. वडा नं. १ सरस्वतीखेलका २९ वर्षीय रसिला अवाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धिरोज श्रेष्ठ र रसिला अवालले काठमाण्डौ जिल्ला चन्द्रागिरी न.पा वडा नं. ३, थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको डेरा कोठाबाट निजको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएका थिए ।

घटनाको अनुसन्धानको सिलसिलामा प्रहरी महाशाखाबाट खटिएको अनुसन्धान टोलीले आइतबार पिडितलाई जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ सरस्वतीखेल स्थित रसिला अवालको घरकोठाबाट उद्दार गरेका थिए ।

Advertisement

उक्त घटनामा संलग्न धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरी मिति २०७८।०६।१८ गते देखि लागू हुने गरि सम्मानित जिल्ला अदालत काठमाण्डौंबाट दिन पाँच (५) को म्याद थप भई थप आवश्यक अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।