काठमाडौ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको निर्माणाधीन घरको चौथो तलाबाट खसेर मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–४ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए ।
चतुर्वेदीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । अहिले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ पनि प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।