November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

भारतको बराबरी, नेपाललाई फाईदा

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा बल पोसेसनमा पकड जमाएपनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो ।  श्रीलंकाले पनि केहि गोलको अवसर खेर फालेको थियो ।

Image

भारतको यो लगातार दोस्रो बराबरी हो । यस अघि भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।

Advertisement

यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । भारत तेस्रो स्थानमा रहेको छ । श्रीलंकाको यो पहिलो एक अंक हो । चौंथो स्थानको श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ ।

श्रीलंका अघिल्लो दुई खेलमा पराजित भएको थियो । भारतको बराबरीले नेपाललाई फाईदा पुगेको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपाल फाइनल नजिक रहेको छ ।

Image