काठमाडौं । इक्वेडरलाई पराजित गर्दै सह–आयोजक मेक्सिको विश्वकप-२०२६ को अन्तिम १६ मा पुगेको छ।
मेक्सिको सिटी स्टेडियममा भर्खरै सम्पन्न राउन्ड अफ ३२ को खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको १६ मा पुगेको हो।
घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे।
पहिलो हाफको २१औं मिनेटमा जुलियन क्विनोनेसले र ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ। अब मेक्सिकोले अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ।