November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

१३ वर्षीय बालक अपहरण, भारतीय प्रहरीको सहयोगमा उद्धार

काठमाडौ । अपहरणमा परेका सुनसरी कोसी गाउँपालिकाका १३ वर्षीय बालकलाई प्रहरीले भारतबाट उद्दार गरेको छ । अपहरणमा परेको १० घन्टापछि भारतीय प्रहरीको सहयोगमा बालकलाई नेपाल ल्याइएको हो ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजे अपहरण गरिएको बालकलाई कोसी गाउँपालिका– ७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १३ वर्षीय दिपेन सदालाई शुक्रबार बिहान सकुशल उद्दार गरिएको हो ।

बालकलाई सुपौल जिल्ला ग्राम पञ्चायल बलबदैपुर–६ का मुकुम मियाँसहितले नेपालबाट अपहरण गरेको बुझिएको प्रहरीले जनाएको छ । ‘मियाँले नेपालबाट भारतमा ज्याला मजदूरी गर्न मानिसलाई पठाउने गरेको बुझिएको छ पनि प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार मियाँले कोसी गाउँपालिका–७ का भुल्टन सदासहित पाँच जनालाई दुई लाख रुपैयाँ अग्रिम दिएर भुक्तानी दिएर १५÷२० जना कामदार खोज्न अह्राएको तर सदासहितको समूहले मानिस उपलब्ध नगराएपछि त्यहीँका बालकलाई अपहरण गरिएको थियो ।

मियाँसहितका व्यक्ति बिहीबार दुईवटा मोटरसाइकलमा नेपाल आएका थिए । बालकलाई उठाएर मोटरसाइकलको बीचमा राखेर ३५ किलोमिटर पूर्वदक्षिण भारतस्थित मियाँको घरमा पु¥याइएकोमा बालकलाई मियाँकै घरबाट उद्दार गरी नेपाल ल्याइएको प्रहरीले बताए ।

पीडित बालकले अपहरणपछि आफूलाई कुटपिट पनि गरेकोे प्रहरीलाई बताएका छन् । उनलाई शुक्रबार आमाबुवाको जिम्मा लगाइएको छ ।

फरार रहेका अपहरणमा संलग्न मियाँ उनले मानिस खोजेर जिम्मा लगाउन अग्रिम भुक्तानी लिएको समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।