उदयपुर । उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
कटारी नगरपालिका वडा नम्बर ९ सोरूमछबिसेका २० वर्षीय प्रेम परियार पक्राउ परेका हुन् ।
उनलाई कटारी नगरपालिका वडा नम्बर ६ स्थित भोर्ले जंगलबाट सोमबार बिहान साढे ३ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
बिहान कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।