November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

टी-ट्वान्टी विश्वकप : आज दुई खेल

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज मंगलबार दुई खेलहरु हुँदैछन् । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

दुबईमा हुने दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सारजाहमा हुने पाकिस्तान र न्युजिल्याण्डबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो ।

Advertisement

न्युजिल्याण्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्याण्डको यो पहिलो खेल हो ।