काठमाडौ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ ।
स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् ।
लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।