November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । मोटर न्युरोन डिजिजबाट ग्रसित शेर्पाको उपचारको क्रममा निधन भएको हो ।

५१ वर्षीय शेर्पाको बुधबार बिहान ३ बजे उपचारका क्रममा बालुवाटारस्थित एक केयर होममा निधन भएको परिवार स्रोतले जनाएको छ ।

शेर्पा अमृत साइन्स क्याम्पसका पूर्वस्ववियू सभापतिसमेत थिए । उनी नेपाल ओलम्पिक कमिटीमा महासचिवको जिम्मेवारीसमेत सम्हालेका थिए ।

Advertisement