बुटवल । बुटवलको तिनाउ नदिको किनारमा वेवारिसे शव फेला परेको छ । आज बिहानै फेला परेको उक्त शवको पहिचान खुल्न सकेको छैन ।
बुटवलको ११ तिनाउ नदिमा पहिचान खुल्न नसकेको व्यक्तिको शव स्थानीयले देखेपछि उनिहरुले जनप्रतिनिधिहरूलाई खबर गरेका थिए । घटनाको खबर पाउने वित्तिकै जनप्रतिनिधीहरु घटनास्थल पुगेका थिए ।

अन्दाजी २५÷२६ वर्षको देखिने उक्त व्यक्तिको शब अहिले लुम्बिनी अञ्चल अस्पतालमा लगिएको स्थानीयले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।